प्याराडाइजका दुवै टोली क्वार्टरफाइनलमा

Manoj Shiama
18 January, 2017 8:05 pm


प्याराडाइज युथ क्लबका दुवै टोली रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा जारी दोश्रो रामेछाप राष्ट्रिय पुरुष भलीबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गरेका छन्। समुह एबाट प्याराडाइजबी विजेता तथा प्याराडाइज ए उपविजेता भए । समुह विजेता बन्ने क्रममा प्याडाइजबीले प्याराडाइज एलाई २५–१४,२५–१३ले पराजित ग¥यो । समुहबीमा मन्थली युनाइटेड क्लब ए पहिलो तथा शान्ती दिप युवा क्लब उपविजेता भए । समुह विजेता बन्ने क्रममा मन्थलीले शान्तीदिप युवा क्लबलाई २३–२५,२५–२३,२५–१९ ले हरायो । समुह सीमा रहेको नमुना दिप समुह विजेता बनेको छ । नमुनादिपले युनिक सोसीएयल एन्ड टेक्नीकल प्रालीलाई २५–१०,२५–१७ ले पराजित ग¥यो । यसैगरी, नमुनाले त्रीशक्ति युवा क्लबलाई २५–६,२५–७ ले हरायो । समुहडीबाट लोकतान्त्रीक खेलकुद संघ र हिमगंगा गावीस क्वार्टरफाइनलमा प्रबेश गरे ।
लिगकम नकआउटको आधारमा सञ्चालीत प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।