युलेन्सलाई उपाधि

Manoj Shiama
20 January, 2017 6:32 pm


युलेन्सले सातौं ट्रिनिटी अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । ट्रिनिटी इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनलमा युलेन्सले जेभियर इन्टरनेसनल कलेजलाई ७–५ ले पराजित ग¥यो । निर्धारित १० मिनेटको खेल ५–५ को बराबरीमा टुंगिएको थियो । अत्तिरिक्त समयमा युलेन्सले २–० स्कोर गर्दै उपाधि सुनिश्चित ग¥यो ।
युलेन्सका आयुश उप्रेती ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । युलेन्सबाट आयुशसहित विराजितप्रताप राणा, प्रसिद्ध श्रेष्ठ र सर्वोदय थापाले प्रतिस्पर्धा गरेका थिए ।
त्यसअघि शुक्रबारै भएको सेमिफाइनलमा युलेन्सले ट्रिनिटी ‘बी’ लाई ९–७ तथा जेभियरले रातो बंगला ‘बी’ लाई ७–५ ले हराउदै उपाधि भेट पक्का गरेका हुन् ।
विजेतालाई ए लेभलका डाइरेक्टर अजित लामा, ए लेभलका एसोसिएट डाइरेक्टर अनिता रिजाल, प्रिन्सिपल निर्मल अधिकारी र प्रशासन प्रमुख अमिर थापाले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।