दक्षिण एशियाली फुटभली हुने

Manoj Shiama
20 January, 2017 6:55 pm

नेपाल फुटभली संघको आयोजनामा माघ २६ देखि २८ गते सम्म दक्षिण एशियाली फुटभली च्याम्पियनसिप काठमाण्डौमा आयोजना हुने भएको छ ।दक्षिण एशियाका नेपाल सहित भारत, पाकिस्तान र भुटान गरि चार राष्ट्रको सहभागीता निश्चित भईसकेको र अन्य राष्ट्र संग पनि पत्राचार भईरहेको नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशीले जानकारी गराए ।
कपनस्थित ह्याण्डबल मैदानमा आयोजना हुने प्रतियोगिता विच भलिबलझै हातको सट्टा खुट्टाको सहयोगमा खेलिने खेल हो ।
च्याम्पियनसिपलाई भव्य तथा सभ्य रुपमा सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न समिति गठनगरि कार्यलाई द्रुत गतिका साथ अगाडी बढाईरहेको महासचिव दामोदर भट्टराईले जानकारी गराए ।