प्याडाइजलाई भलीबल उपाधि


प्याराडाइज युवा क्लब बीले दोश्रो रामेछाप खुल्ला राष्ट्रिय भलीबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा प्याडाइजले शुक्रबार भएको फाइनल खेलमा हिमगंगा गावीसलाई २५–१६,२५–२३,२५–२० को सोझो सेटमा पराजित ग¥यो । हिमगंगा नमुनादिप युवा क्लबलाई पराजित गर्दै फाइनल प्रबेश गरेको हो । लोकतान्त्रीक खेलकुद संघ, रामेछापलाई २५–१८,२५–१५,२५–२२ले हराउदै नमुनादिप तेश्रो भयो । उपाधि विजेता प्याराडाइजले १ लाख ५० हजार, उपविजेता हिमगंगाले ७५ हजार , तेश्रो हुने नमुना दिपले ५० हजार तथा चौथो हुने लोकतान्त्रीकले ३० हजार रुपैया पुरस्कार पाए ।
प्रमुख अतिथी रामेछाप जिल्ला विकास अधीकारी प्रकाशचन्द« अधीकारी, रामेछाप जिल्ला खेलकुद विकास समितीका अध्यक्ष पुरुषोत्तम कडरिया र आयोजक कमिटीका संयोजक सिताराम कार्की लागयतले पुरस्करा वितरण गरे ।
प्रतियोगितामा हिमगंगाका लवन गोतामे उत्कृष्ट खेलाडी, नमुनादीपका नबीन रिजाल उत्कृष्ट स्पाइकर, प्याराडाइजबीका राजकुमार थापा उत्कृष्ट ब्लकर, सोही टोलीका राजु श्रेष्ठ उत्कृष्ट सेटर तथा लोकतान्त्रीकका बिनोद चन्द उत्कृष्ट डीफेन्डर र धमु चौधरी उत्कृष्ट सर्भर भए । सबै विधाका उत्कृष्टले ५ हजार रुपैया पुरस्कार पाए । रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

Comment