भाटभटेनी प्रिक्वाटरफाइनलमा

Manoj Shiama
21 January, 2017 7:56 pm


आयोजक भाटभटेनी हेल्थ क्लब प्रा.लि. भाटभटेनी खुला फुटसल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । चुच्चेपाटीमा भइरहेको प्रतियोगितामा भाटभटेनीले फुटसल क्रेजीलाई ३–० तथा भाइरस टिमलाई ३–२ गोलले पराजित ग¥यो । महेश्वर युवा क्लब, सामाखुशी फुटसल, चौर टिम फुटसल, भुगोल इन्टरनेसनल एजुकेसन कम्पनी र जग्गु फुटसल पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।
प्रतियोगिताको नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई र भाटभटेनी सुपर मार्केटका निर्देशक पहलमान गुरुङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको आयोजक भाटभटेनी हेल्थ क्लबका सचिव श्रीकृष्ण रिजालले जनाएका छन् । विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार र तेश्रो हुने टिमले ५० हजार नगद नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । ‘फेयर प्ले’ उपाधि विजेता नगद १० हजार पुरस्कारको हक्दार बन्ने छ । फाइनल सोमबार हुनेछ ।