प्रधान सेनापति राष्ट्रिय भलिबल सुरु
नेपाली सेनाद्वारा आयोजित प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सञ्चालन हुने छ । माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक÷एक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिमगरी जम्मा आठ टिमको सहभागिता रहेको छ ।
आइतबार भएको उद्घाटन खेलमा नेपाली सेनाले विजय हासिल गरेको छ । अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवसँगको भिडन्तमा नेपाली सेनाले ३–० को सोझो सेटमा जित हात पा¥यो । आर्मीले सशस्त्रलाई २५—१५, २५—१९ र २५—२० को सोझो सेटमा जित पराजित ग¥यो ।
त्यसैगरी अर्को खेलमा नेपाल प्रहरीले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिसले मध्यमाञ्चललाई २५—१०, २५—१७ र २५—१९ को सेटमा जित हांसिल ग¥यो । त्यस्तै सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल भलिबल टिमबीच भएको खेलमा २५—१६, १६—२५, २६—२८ र १८—२५ को सेटमा पश्चिमाञ्चल भलिबल टिमले जित हासिल गरेको छ भने मध्यपश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल टिमबीचको खेलमा १७—२५, १६—२५ र १४—२५ को सोझो सेटमा पूर्वाञ्चल भलिबल टिमले जित हासिल गरेको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विजेता टिमलाई क्रमशः रु.३ लाख, रु.१ लाख ५० हजार र रु.७५ हजार नगद पुरस्कार र उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचलाई समेत १०÷१० हजार नगद पुरस्कारको प्रदान गर्ने जनाइएको छ । त्यसैगरी प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई गोल्छा अर्गनाइजेसनले पल्सर मोटरसाईकल प्रदान गर्ने जनाएको छ ।