लिजेन्डलाई फुटसल उपाधि

Manoj Shiama
23 January, 2017 8:08 pm


लिजेन्ड एफसीले प्रथम रुसलान भाटभटेनी खुला सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । भाटभटेनी हेल्थ क्लब प्रा.लि. ले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा लिजेन्डले दालभात थकाली चुलोलाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित २० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । उपाधिसंगै लिजेन्डले १ लाख २५ हजार तथा दालभातले ७५ हजार नगद पुरस्कार हात पारे । भुगोल डेभलोप्मेन्ट एजुकेसन कम्पनीले केजलाई टाइब्रेकरमा ४–३ ले हराउदै तेश्रो भयो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । भुगोलले ५० हजार नगद पुरस्कार जित्यो ।
चुच्चेपाटीको भाटभटेनी सुपर मार्केटमा भएको प्रतियोगितामा दालभातका रवि थापा उत्कृष्ट खेलाडी तथा लिजेन्डका अनिश श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । दुवै समान ५–५ हजार नगदबाट पुरस्कृत भए । केज अनुशासित टिम ठहरिदै १० हजार नगदबाट पुरस्कृत भयो ।
विजेतालाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, छनोट भएर ओलम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी तेक्वान्दोकी संगीना वैद्यलगायतलाई सम्मान गरिएको थियो । सोमबारै नेपाल खेलकुद पत्रकार मञ्च र आयोजक भाटभटेनी हेल्थ क्लब प्रा.लि. बीच भएको मैत्रीपूर्ण खेलमा मञ्च ६–३ ले विजयी भयो ।