एशियन पौडी महासंघ समिति सदस्यमा बज्राचार्य
Manoj Shiama
24 January, 2017 6:49 pm
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य एशियन पौडी महासंघको सोलिडारिटी एण्ड डेभलपमेन्ट कमिटिको सदस्यमा चयन भएका छन् ।
एशियन पौडी महासंघको १० अक्टोबर २०१६मा दोहामा भएको जनरल कंग्रेसको बैठकले अध्यक्ष लगायत नेपाल पौडी संघका उपाध्यक्ष राजेश बज्राचार्यलाई टेक्निकल मास्टर कमिटि तथा महासचिव जगतमान श्रेष्ठलाई ओपन वाटर कमिटिमा चयन गरिएको नेपाल पौडी संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
४ बर्ष २०२० सम्मको लागि अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई उल्लेखित समिति सदस्यमा चयन गरिएको महासंघद्वारा ढिलोगरि प्राप्त पत्रमा जनाईएको छ ।