लेकसाइड, नयाँगल्ली, नाउडाँडा र गौरीघाट एफसी अन्तिम चारमा

Manoj Shiama
23 December, 2014 7:14 pm

पोखरा
पोखरामा जारी नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। लेकसाइड एफसी, नयाँगल्ली युनाइटेड, यु–१७ नाउडाँडा एफसी र एएमपिएम गौरीघाट एफसी अन्तिम चारमा प्रवेश गरेका छन्।
बुद्धटोल युवा क्लब पोखराको आयोजनामा पुरानो टुँडिखेलमैदानमा मड्डलबार भएको पहिलो क्वाटरफाइनलमा लेकसाइड एफसीले युभीवाईसी रिभानलाई ६–० को विशाल अन्तरले पराजित ग¥यो। लेकसाइडको जीतमा म्यान अफ दी म्याच शिव श्रेष्ठले ह्याट्रिक गरे भने रुपेश केसीले दुई तथा हेमन्त मगरले एक गोलको योगदान दिएका थिए।
दोस्रो खेलमा नयाँगल्ली युनाइटेडले गार्डेन एफसीलाई २–१ ले पराजित ग¥यो।नयाँगल्लीको लागि म्यान अफ दी मयाच भिक्टोर र एल्भिसले एक–एक गोल गरे भने गार्डेनको लागि कुमार गुरुङले सान्त्वना गोल फर्काएका थिए।
तेस्रो खेलमा यु–१७ नाउडाँडा एफसीले दीप युनाइटेडलाई ४–१ ले पाखा लगायो।नाउडाँडाको लागि म्यान अफ दी म्याच कुमार गुरुङले दुई तथा सुनिल सुवेदी र रबि शेरचनले एक–एक गोल गरेका थिए।दीपको लागि मात्र एक गोलसागर छन्त्यालले गरेका थिए।
चौथो खेलमा एएमपिएम गौरीघाट एफसीले फेदी एफसीलाइृ १–० हरायो। गौरीघाटको लागि कालु थापाले निर्णायक गोल गरेका थिए।सो खेलमा फेदी एफसीका अभिषेक गुरुङ म्यान अफ दी मयाच घोषित भए।
बुधबार यु–१७ नाउडाँडा एफसी र एएमपिएम गौरीघाट एफसीबीच अपरान्ह १२ बजे पहिलो सेमि तथा लेकसाइड एफसी र नयाँगल्ली युनाइटेडबीच दिउँसो एक बजे दोस्रो सेमिफाइनल खेल हुने राजु गुरुङले जानकारी दिए।
पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३५ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक प्रदीपकुमार राई ‘दाह्रासिंह’ ले जानकारी दिए।