साक्षी र प्रतिमा पहिलो

Manoj Shiama
25 January, 2017 7:36 pm

हिम रश्मीकी साक्षी अधिकारी र एन्जल हर्टकी प्रतिमाले ओप्स खेलकुद सप्ताह अन्तरर्गत एथलेटिक्सको २ सय मिटर दौडमा सयुक्त रुपमा स्वर्ण जितेका छन् । सो समूहमा कौशलकी सबिना खतिवाडा दोश्रो भइन् । त्यस्तै एक सय मिटर दौडमा ज्ञानमन्दिरकी अनिता लामा पहिलो,हिमरश्मीकी श्रृङखला तिमिलसिना दोश्रो र कोबल स्कुलकी सरिता भुजेल र प्रिसियस स्कुलकी जेनिसा श्रेष्ठ तेश्रो भए ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा बुधबारदेखि दोस्रो खेलकुद सप्ताह सुरु भएको छ । ओप्स अन्तर्गतका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको फुटबल खेलमा सिर्जना ज्ञान सागर हाई स्कुलले विजयी सुरुवात गरेको छ ।
गोलढुंगास्थित फुटबल मैदानमा भएको खेलमा सिर्जनासँगै मस्र्याङ्दी, प्रिसियर, ज्ञान मन्दिर र पुष्पकुञ्जले पनि सफलता हात पारेका छन् । पहिलो खेलमा मस्र्याङ्दीले न्युटन स्कुललाई २–१ गोल अन्तरले पराजित ग¥यो भने सिर्जनाले मञ्जरीलाई १–० गोल अन्तरले पन्छायो ।
त्यसैगरी प्रिसियरले प्रगति स्कुललाई १–० ले गराउँदा ज्ञान मन्दिरले विभूती स्कुललाई ४–० को फराकिलो गोल अन्तरले पराजित ग¥यो । बुधबार नै भएको खेलमा पुष्पकुञ्जले न्युटन स्कुललाई ३–१ गोल अन्तरले पाखा लगायो ।
खेलकुद सप्ताहमा फुटबलसँगै एथलेटिक्स र ब्याडमिन्टनका खेल सञ्चालन हुनेछ ।
आगामी माघ १८ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहका खेलहरु तारकेश्वर नगरपालिकास्थित गोलढुंगाको खेलकुद मैदानमा हुनेछ ।
सप्ताहमा छात्र फुटबलका साथै एथलेटिक्स अन्तर्गत हाइजम्प, लङजम्प, सटपुट, एक सय, दुई सय मिटर र सय मिटरको रिले समावेश गरिएको छ भने ब्याडमिन्टन प्रतियोगितामा छात्र छात्राको सिंगल र मिक्स डबलका एभेन्टहरु सञ्चालन हुने छ ।
‘शारीरिक तन्दुरुस्तीका लागि खेलकुद र समाजका लागि खेलाडी’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको खेलकुद सप्ताहको मुख्य उद्देश्य बालबालिकाको प्रतिभा प्रस्फुटनका साथै कुसल एवं प्रतिभावान खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरेको जनाइएको छ ।