सेना र पुलिसविच उपाधि भिडन्त

Manoj Shiama
25 January, 2017 7:46 pm


साबिक बिजेता आर्मी र उपबिजेता पुलिस प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन्््् । बुधबार सम्पन्न सेमिफाइनल खेलमा पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेना उपाधि नजिक पुगेको हो । उपाधि दावेदारका रुपमा हेरिएको सेनाले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–१६ को सेटमा हरायो ।ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भइरहेको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–२ को सेटमा हराउदै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो । अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो सेट २७–२५ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ ले सहजै जितेको थियो । त्यसपछिको सेटमा भने पुलिस खेलमा फर्कियो । उसले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट जितेर हौसिएको पुलिसले चौथो सेट पनि २५–१८ ले आफ्नो नाममा पार्न सफल भयो । पाँचौं एवं अन्तिम सेटमा एपीएफलाई निरीह पार्दै १५–७ ले जित्दै फाइनलमा स्थान सुरक्षित ग¥यो ।
साबिक विजेता आर्मी अपराजित रहँदै ३ खेलबाट ९ अंक जोड्दै समूह एको विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो भने पुलिस पनि समूह बीबाट अपराजित रहदै सेमिफाइनल पुगेको थियो ।
दुई विभागीय टोलीवीचको उपाधि भिडन्त शुक्रबार हुनेछ भने बिहिवार पश्चिमाञ्चल र एपीएफ बीच तेश्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद.३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार नगद पुरस्कार पाउनेछ भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचले पनि १०÷१० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।