पुष्प कुञ्ज र कौशल बिजयी
Manoj Shiama
26 January, 2017 8:26 pm
पुष्पकुञ्ज र कौशल बोडिङ स्कुलले ओप्स खेलकुद सप्ताह अन्तरर्गत फुटबलमा जित निकालेका छन् । बिहिवार भएको खेलमा पुष्पकुञ्जले मस्र्याङर्दी बोडिङ स्कुललाई १–० गोलले हरायो । कौशलले मनास्लु पब्लिकलाई ४–२ गोल अन्तरले हरायो । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा गोलढुङमा भएको खेलमा राजन मेमोरियल स्कुलले सेबालाई २–० गोल अन्तरले हरायो । त्यस्तै गिनिज पब्लिकले एन्जलहर्टलाई २–१ गोल अन्तरले हराउदा प्रिसियस र फेरिल्याण्डले १–१ को वराबरी खेलेका छन् ।