सञ्जय टेलिकम चेस च्याम्पियन


नेपाल टेलिकमको आन्तरिक चेस प्रतियोगितामा सञ्जय दाहाल पहिलो भएका छन् । शुक्रबार सम्पन्न पाच चरणको प्रतियोगितामा उनले ४.५ अंक बटुले । अन्तिम चरणमा उनले देवनारायण खनाललाई पराजित गरे । ४ अंक भएका खनाल दोश्रो तथा राधारमण भट््टराइ तेश्रो भए । ३.५ अंक सहित लक्ष्मण मर्हजन चौथो तथा ३ अंक भएका गोवीन्द खड्का पाचौ भए । कृष्णहरी भट््टराइ, अच्युत ओझा,प्रल्हाद सिलवाल,कृष्ण बहादुर गुरुङ्ग तथा भुवन राज चटौत शिर्ष १० स्थानमा अटाए ।

Comment