आर्मीद्धारा प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबलको उपाधि रक्षा

Manoj Shiama
27 January, 2017 7:18 pm


आयोजक नेपाल आर्मीले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक भएको पहिलो र दोस्रो सेटमा पुलिसले उत्कृष्ट प्रदर्शन गरेपनि आर्मीले क्रमश २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट पनि २५–१७ को स्कोरले आर्मीले आफ्नो पक्षमा पारेपछि लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो ।
ब्यक्तिगत बिद्यामा आर्मीकै बर्चस्व रह्यो । युवा खेलाडिको उत्कृष्ट प्रदर्शनमा आर्मीले प्रतियोगिता अवधिमा एक सेट पनि नगुमाई उपाधिमाथी कब्जा जमायो । प्रशिक्षक जगदीस भट्को प्रशिक्षणमा कोर्टमा उत्रिएको टिमलाई उत्कृष्ट प्रशिक्षण गरे बापत उत्कृष्ट कोचको उपाधि भटृले जिते । आर्मीकै मानवहादुर श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत सर्बोत्कृष्ट खेलाडीको उपाधि चुमे ।

उनले बजाज कम्पनीको पल्सर मोटरसाइकल हात पारे । त्यस्तै आर्मीकै धन बहादुर भटृ बेष्ट स्पाईकर भए । सेटरको भुमिकामा रहेका आर्मीका कप्तान हरिहजुर थापा बेष्ट ब्लकर चुनिदा आर्मीकै इश्वर थापा मगरले बेस्ट डिफेन्डरको उपाधि जिते । नेपाल पुलिसका कप्तान इम राना मगर बेस्ट सेटर चुनिए । विधागत उत्कृष्ट र प्रशिक्षक भटृले समान नगद १० हजार पुरस्कार प्राप्त गरे ।
उपाधि विजेता आर्मीले नगद.३ लाख प्राप्त ग¥यो । उपविजेता पुलिसले १ लाख ५० हजार तथा तेस्रो भएको पश्चिमाञ्चल भलिबल संघले ७५ हजार नगद प्राप्त गर्यो । तीनै टिमले नगद सहित ट्रफि,मेडल तथ प्रमाण पत्र हात पार्न सफल भए ।
प्रतियोगिताको विजेता खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षेत्री,राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशवकुमार विष्ट,राखेपका पुर्व सदस्य–सचिव जिवनराम श्रेष्ठ र गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष अमिताभ अग्रवाल लगायतले पुरस्कृष्त गरे ।
सोही अबसरमा पूर्व भलिबल खेलाडि विजय र अक्कल लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत भए । प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका अवसरमा नेपाली सेनामा कार्यरत रहदा सन् १९७७ मा चिनमा आयोजना भएको एसियन भलिबल खेलमा नेपालबाट सहभागी अवकास प्राप्त नेपाली सेनाका सहायक रथी विजय विक्रम खड्का र सेनानी अक्कल बहादुर चन्द लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानीत भएका हुन् । उनीहरुलाई प्रधान सेनापति क्षेत्रीले अवार्डबाट सम्मानीत गरे । ९ माघ देखि भएको प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस, एपिएफ सहित पाँच विकास क्षेत्रको सहभागीता रहेको थियो ।