हङकङ र नेपाली तेक्वान्दो टोलीको संयुक्त प्रशिक्षण
नेपालमा भ्रमणमा रहेका हङकङका तेक्वान्दो टोलीले नेपालको राष्ट्रिय टोलीसँग संयुक्त प्रशिक्षण गरेका छन् । विहिबार राती नेपाल आइपुगेका हङकङ तेक्वान्दो टोलीले शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषदको केन्द्रीय कभर्डहलमा प्रशिक्षण गरेका हुन् । हङकङ टिमका प्रशिक्षक तुलसी गुरुङको नेतृत्वमा प्रशिक्षण र मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी ७ खेलाडी बिहिबार नेपाल आएका हुन् ।
उनीहरुले नेपाली टोलीसँग कुल ६ तौल समुहमा मैत्रिपुर्ण खेल खेल्नेछन् । सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई मैत्रिपुर्ण खेलका लागि छानिएको छ । उनीहरुले शनिबार पोखराका तेक्वान्दो खेलाडीसँग पनि संयुक्त प्रशिक्षण गर्नेछन् । हङकङ टोलीले आइतबार नक्सालस्थीत अर्जुन फिटनेश क्लब र सोमबार पुनःदशरथ रगंशालामा सयुक्त रुपमा ट्रेनिङ गर्ने कार्यक्रम रहेको संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए । १९ माघमा नेपाली तेक्वान्दोको महत्वपूर्ण गुरुकुल कोटेश्वर तेक्वान्दो डोजाङमा मैत्रिपुर्ण खेल हुनेछ ।
हङकङबाट आएका प्रशिक्षक तुलसी गुरुङले नेपाल आउनुको कारण हाई अल्टिच्युडमा तालिम गर्ने र आफ्नो देशप्रति केही गर्ने उद्देश्य रहेको जानकारी गराए ।