हङकङ तेक्वान्दोका मुख्य प्रशिक्षक गुरुङ सम्मानित
नेपालमा रहेका हङकङ तेक्वान्दो राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङ सम्मानित भएका छन् । प्रशिक्षक गुरुङलाई कास्की जिल्ला तेक्वान्दो संघले सम्मान गरेको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए । ५५ वर्षिय प्रशिक्षक गुरुङलाई पश्चिमाञ्चल खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल ,नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले सम्मान गरेका हुन् ।
नेपालमा जन्मेर हङकङको मुख्य प्रशिक्षक जस्तो सफलता हात पार्न सफल भएकाले उनिलाई सम्मान गरेको कास्की जिल्ला तेक्वान्दो संघको जनाएको छ । उनले सन् २००२ देखि हङकङको राष्ट्रिय प्रशिक्षण सम्हालेका थिए । नेपालका पुर्व च्याम्पियन समेत रहेका गुरुङले हङकङ तेक्वान्दोको मुख्य प्रशिक्षकको रुपमा विगत पाँच वर्षदेखि सम्हालेका छन् । गुरुङ खेलाडी जिवनमा आफ्नो तौल समुहमा हङकङका राष्ट्रिय च्याम्पियन समेत हुन् । हङकङ तेक्वान्दो टोली शनिबार प्रशिक्षणका लागि पोखरामा रहेका छ ।