खेलकुद पार्कको उद्घाटन
Manoj Shiama
29 January, 2017 8:16 pm
डल्लु आवास स्थानिय सहयोग समितिले निर्माण गरेको कुमारीस्थान खेलकुद पार्कको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
निर्माण कार्यका लागि कुमार डंगोलको अध्यक्षतामा कुमारीस्थान खेलकुद पार्क निर्माण व्यवस्थापन समिति गठन गरिएको थियो । ११ आना क्षेत्रफल रहेको पार्कमा ब्याडमिन्टन कोर्ट, सिमेन्टको टेबलटेनिस बोर्ड, चेन्जिङ रुप र शौचालय बनाइएको छ ।
आर्थिक प्रतिवेदन पेश गर्ने क्रमममा समितिका कोषाध्यक्ष नारायण शाक्यले करिब २१ लाखको लागतमा पार्क निर्माण गरिएको जानकारी गराए । सो अवसरमा पार्क निर्माणका लागि सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।