अर्जुन तेक्वान्दो डोजाङमा हङकङ राष्ट्रिय तेक्वान्दोको एकदिने प्रशिक्षण

अर्जनु तेक्वान्दो डोजाङ एण्ड फिटनेस क्लबका खेलाडी र हङकङका राष्ट्रिय तेक्वान्दो टोलीविच सयुक्त एकदिने ट्रेनिङ सम्पन्न भएको छ । शनिबार नक्सालस्थीत अर्जुन तेक्वान्दो डोजाङका खेलाडीलाई हङकङ तेक्वान्दो राष्ट्रिय टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङले प्रशिक्षण गरे । डोजाङमा रहेका कुल ४५ खेलाडीलाई मुख्य प्रशिक्षक गुरुङले तेक्वान्दोका आधारभुत कलासम्बन्धि प्रशिक्षण गराएका थिए । सो अवसरमा हङकङ राष्ट्रिय टिमका खेलाडीले नयाँ खेलाडीलार्ई प्रशिक्षण समेत गराएका थिए ।
हाल नेपालमा भ्रमणमा रहेका हङकङका राष्ट्रिय तेक्वान्दो टोली पोखारामा हाइ अल्टिच्युड तालिम पश्चात अर्जुन तेक्वान्दो डोजाङमा प्रशिक्षण गरेका थिए । गत विहिबार राती नेपाल आइपुगेका हङकङ टोलीले नेपालको राष्ट्रिय टिमसँग संयुक्त तालिम समेत गरीसकेका छन् । हङकङ टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङको नेतृत्वमा प्रशिक्षण र मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी ७ खेलाडी बिहिबार नेपाल आएका हुन् ।
उनिहरुले नेपाली टोलीसँग कुल ६ तौल समुहमा मैत्रिपुर्ण खेल समेत खेल्नेछन् । सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई मैत्रिपुर्ण खेलका लागि छानिएको छ । उनिहरुले शुक्रबार पोखराका तेक्वान्दो खेलाडीसँग पनि संयुक्त प्रशिक्षण समेत गरेका थिए । हङकङ टोलीले अर्जुन तेक्वान्दो डोजाङका खेलाडीलाई खेलस्तर विकासका लागि पुम्से र ग्यरोगीतर्फको कलात्मक प्रशिक्षण गराएको अर्जुन फिटनेस क्लबका म्यानेजर तीर्थ ले बताए । हङकङ टोलीको आगमनले डोजाङका खेलाडीलाई निकै उत्पेरण मिलेको डोजाङका सस्थापक एवम् नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले बताए । माघ १९ गते कोटेश्वर तेक्वान्दो डोजाङमा मैत्रिपुर्ण खेल हुनेछ । नेपालका पुर्व च्याम्पियन एवं हङकङका प्रशिक्षक तुल्सी गुरुङले नयाँ प्रतिभाशाली खेलाडी हरेक स्थानमा हुने भएकाले त्यसको संरक्षणका लागि अर्जुन तेक्वान्दो डोजाङको अग्रसरता निकै सह्रानिय कदम रहेको बताए ।

Comment