गुह्येश्वरी टिम च्याम्पियन

Manoj Shiama
29 January, 2017 8:43 pm


आयोजक काठमाडौंको गुह्येश्वरी बोर्डिङ हाइ स्कुलले जिबीएचएस कप खुला राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । गुह्येश्वरीले १० स्वर्ण, १४ रजत र १२ कांस्य जित्यो ।दोश्रो भएको सिन्धुपाल्चोकले ६ स्वर्ण र ४ कांस्य प्राप्त ग¥यो । २ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ भक्तपुरले तेश्रो स्थानमा चित्त बुझायो । पुरुषमा काठमाडौंका सन्देश लामा र महिलामा काठमाडौंकै मिङमा शेर्पा उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव अधिकारी, गुह्येश्वरीका निर्देशक डिआर लामिछानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २६ जिल्लाका ४ सय खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।