एमेच्योर चेस शुरु
Manoj Shiama
30 January, 2017 7:49 pm

यसअघि नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठको सभापतित्वमा एक कार्यक्रमबीच प्रमुख अतिथि मकवानपुरका प्रजिअ नारायण शर्मा दवाडीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
चारदिने प्रतियोगितामा नेपालका नौ जिल्लाका २६ जना खेलाडीहरु सहभागी छन् । यस प्रतियोगिताका विजेताले यहि सन् २०१७ अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसीपमा नेपालको प्रतिनीधित्व गर्ने कुरा नेपाल बुद्धिचाल संघका सचिव एवं कार्यक्रम संयोजक नेकोस मकवानपुरका अध्यक्ष धरम बहादुर लामाले बताए ।