प्रगति र कौशल उपाधि भिडन्तमा

प्रगति इङलिस स्कुल र कौशल बोडिङ स्कुल ओप्स खेलकुद सप्ताह अन्तरर्गत फुटबलतर्फ उपाधि नजिक पुगेका छन् । तारकेश्वर नगरपालिकास्थित गोलढुंगाको खेलकुद मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा प्रगतिले मनास्लुलाई ३–२ गोल अन्तरले हरायो । प्रगतिलाई जित दिलाउन उत्कृष्ट प्रर्दशन गरेका आयुष लामाले चैथो मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाए भने नवौं मिनेटमा सुदिप सापकोटाले अर्को गोल थपे । प्रगतिकै निरज राउतले आत्माघाती गोल गदै मनास्लुलाई एक गोल उपाहार दिए भने तेहै मिनेटमा मनास्लुका आर्दश भण्डारीले एक गोल थप्दै खेल पहिलो हफमा २–२ को बराबरीमा समाप्त भयो । दोश्रो हाफमा दुवै पक्षबाट गोल हुन नसक्ता खेल अतिरित्त समयमा धकेलिएको थियो । प्रगतिका आयुष लामाले थप गरिएको सातौ मिनेटमा गोल गदै टिमलाई उपाधि पथमा दौडाए ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्धारा आयोजित दोस्रो खेलकुद सप्ताहको फुटबलको दोश्रो सेमिफाईनल खेलमा राजन मोमोरियल स्कुलमाथी ५–० गोलको एकतर्फी नजिता निकाल्दै कौशल बोडिङ स्कुल फाईनलमा प्रवेश गरेको छ । कौशलका लागि रसिल सिमखडा र योनिसले समान दुई–दुई गोल गर्दा सन्देश ब्यान्जनकरले एक गोल थपेका थिए ।
स्पोट्र्स सप्ताहको माघ १८ गते सम्म सञ्चालन हुने छ। सप्ताहमा छात्र फुटबलका साथै एथलेटिक्स अन्तर्गत हाइजम्प, लङजम्प, सटपुट, एक सय, दुई सय मिटर र सय मिटरको रिले समावेश गरिएको छ भने ब्याडमिन्टन प्रतियोगितामा छात्र छात्राको सिंगल र मिक्स डबलका एभेन्टहरु सञ्चालन हुने छ ।

Comment