नेपाली हस्ती मलेसियामा सम्मानीत
नेपाली प्रवासी सितोरियो कराते संघ,मलेसियाले मंगलबार नेपाली खेलकुद जगतका चार हस्तीलाई सम्मान गरेको छ । प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि एनआएरएनए मलेसियाका अध्यक्ष बिश्व बिक्रम राई थिए। सम्मानित हुनेमा नेपाल बाट मलेसिया पुगेका राष्ट्रिय खेलकुद परिषदका पुर्ब उपाध्यक्ष पिताम्बर तिम्सिना, राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुवर, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तेक्वान्दो स्टार दिपक बिष्ट र नेपाली राष्ट्रिय फुटबल टोलिका पुर्ब कप्तान र नेपाल राष्ट्रिय तथ अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष हरि खड्का रहे। एनआएरएनए मलेसियाका अध्यक्ष बिश्व बिक्रम राईका साथै नेपाली प्रवासी सितोरियो कराते संघ ,मलेसियाका अध्यक्ष , आदिवासी जनजाति महासंघ,मलेसियाको महासचिव जीवन देवान गाउँले र प्रवासी कराते संघका बरिस्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पदकधारी कर्ण बहादुर राई तथा प्रवासी कराते संघका काेषाध्यक्ष तथा अन्तर्राष्ट्रिय कराते रेफ्री लक्ष्मी क्षेत्री,यहाँ सबै पदाधिकारीहरुको हातबाट दोसल्ला ओढाइ,सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरे । कार्यक्रममा कान्तिपुर पत्रकार रामचन्द्र गिरिको पनि उपस्थित थियो। कार्यक्रममा प्रवासी खेलाडीहरु राम आन्देम्बे,राम तामाङ,दुर्गा लिम्बुको पनि उपस्थित थियो। आयोजकले सम्मान गर्ने मौका पाउनुमा हिमालयन फुटबल क्लबका संयोजक सन्तोष कार्कीको भुमिका महत्वपूर्ण रहेको जनाएको छ ।