घिमिरे परिवारलाई आर्थिक सहयोग

Manoj Shiama
31 January, 2017 8:40 pm


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख स्व. प्रकाशचन्द्र घिमिरेको परिवारलाई मंगलबार आर्थिक सहयोग प्रदान गरिएको छ ।राखेपका स्थायी कर्मचारीबाट पुस महिनाको तलबबाट १.५ प्रतिशत कट्टा गरी हुन आउने जम्मा रकम २ लाख ८१ हजार ४ सय ८४ रुपैयाँ स्व. घिमिरेको परिवारलाई हस्तान्तरण गरिएको हो ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले स्व. घिमिरेकी धर्मपत्नी मनु घिमिरेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । घिमिरेको गत असोज ९ गते सडक दुर्घत्नामा परी निधन भएको थियो ।