‘ए’ डिभीजनमा थपीए पाचँ क्लव

 

भैरहवा । भैरहवामा जारी नेपाल टेलीकम जिल्ला स्तरीय सुपरलिगबाट नयाँ पाँच क्लव ए डिभीजनमा प्रबेस गरेका छन् । नयाँ क्लव थपीएसगै रुपन्देहीका ए डिभीजनका १२ बटा क्लव भएका छन् । यो बर्ष बुम एमसिसी क्रीकेट कलव भैरहवा, बुटवल ११ बुटवल, बेस्टन क्रीकेट क्लव बुटवल, देवदह क्रीकेट युनीट देवदह र एपेक्स क्रीकेट क्लव सकंरनगर बि डिभीजनबाट ए डिभीजनमा प्रबेस गरेका हुन् । लुम्बिनी खुकुरी क्लब बेलहिया, प्रोफेस्नल मास्टर ११ भैरहवा, बुद्ध स्पोर्टिङ क्लब भैरहवा, शिव शक्ति क्लब भैरहवा, करहिया क्रिकेट क्लब मङलापुर, शंकर नगर र न्यु होराइजन क्रिकेट क्लब बुटवल यसअघीनै ए डिभीजनमा छन् । यि १२ बटा ए डिभीजनका क्लवहरु बिच ४ समुहमा बिभाजन गरी बुधवारदेखी सुपरलिग हुनेछ । चार क्लवको एक समुहबाट एक टिम सेमीफाईनलमा प्रबेस गर्ने छ । मगंलवार बि डिभीजन अन्र्तगत भएको अन्तीम खेलमा गोलपार्क क्रीकेट क्लव बुटवललाई हराउर्दै बुम एमसिसी क्रीकेट क्लव भैरहवा ए डिभीजनमा प्रबेस गरेको छ । टस जितेर पहीला ब्याटीन गरेको बुमले निर्धारीत ३५ ओभरको खेलमा ३३ दसमलव १ ओभरमा १ सय ९ रनको लक्ष्य प्रस्तुत गर्दै अलआउट भएको थियो । जवाफमा मैदान छिरेको गोलपार्क १८ दसमलव ५ ओभरमा ५५ रनमा समेटीए पछि बुमले सहज रुपमा जित हात पार्दै ए डिभीजनमा प्रबेस गर्यो । यसअघी एक खेल जितेर ए डिभीजनकोलागी प्रतिस्र्धामा आएको गोलपार्कका खेलाडीले मगंलवार राम्रो प्रस्तुती दिन सकेन् । बुमकालागी कुल बहादुर थापाले ३९, प्रज्वल थापाले १४, अनील जयसवारले ११ रन बनाए ।   गोलपार्कका नवीन खड्का र हरजित सिंहले ३÷३ तथा रविन सुवेदी, अर्जुन गिरीले १÷१ बिकेट लिए । गोलपार्ककालागी १९ रनको दोहोरो अकं रजेस थापाले मात्र बनाए । बलीनतर्फ बुमका राहुल चौहानले ४, तुलबहादुर थापा र सन्दीप केसीले ३÷३ विकेट लिए । खेलको म्यान अफदी म्याच बुमका राहुल चौहान घोषीत भएको आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए ।
भैरहवा स्थित शिद्धार्थ रगंसालामा बुधवार ए डिभीजन अन्तरगतको पहीलो खेल समुह एका लुम्विनी खुकुरी क्रीकेट क्लव बेलहीया र सकंरनगर क्रीकेट क्लव संकरनगर बिच हुने छ । नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानल दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।

Comment