टिचर्स फुटसल शनिबार

Manoj Shiama
1 February, 2017 8:06 pm

विद्या संस्कार खेलकुद विभागको आयोजनामा चौथो विद्या संस्कार अन्तर विद्यालय टिचर्स फुटसल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक विभागका प्रमुख राजन न्यौपानेले जनाएका छन् ।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । एकदिने प्रतियोगिताका खेलहरु बानेश्वर फुटसलमा हुनेछ