समुह ‘बि’ को पहीलो खेलमा ज्ञानोदय बिजयी
भैरहवा । भैरहवामा जारी मुख्य सुपरलिग अन्तरगत ‘ए’ डिभीजनको समुह ‘बि’ अन्तरगत बिहीबार भएको पहीलो खेलमा ज्ञानोदय क्रीकेट क्लव करैया बिजयी भएको छ । गतबर्षको सेमीफाईनलिस्ष्ट प्रोफेसनल मास्टर्स ११ भैरहवालाई हराउर्दै ज्ञानोदय बिजयी भएको हो । टस जितेर पहीला ब्याटीन रोजेको मास्टर्स निर्धारीत ४० ओभरको खेलमा १९ दसमलव ४ ओभरमा ७२ रनमा अलआउट भएको थियो । झीनो रनको लक्ष्य पछ्याउर्दै जवाफमा मैदान छिरोको ज्ञानोदयले १७ दसमलव २ बलमा ४ विकेटको क्षतीमा ७७ रन बनाउदै सहज रुपमा लक्ष्य पुरा गर्दै बिजयी बन्यो ।
ज्ञानोदयकालागी निसान्त सर्माले नट आउट २१, मनिस पौडेलले १९ तथा बिष्णु न्यौपानेले १३ रन बनाए । बलीनमा मास्टर्सका राहुल थापाले २ तथा दुर्गा सेन र नासिफ अनसारीले १÷१ बिकेट लिए । मास्टर्सकालागी इमरान खाँनले २५ रन बनाए । बलीनमा पदम खवासले ५, बिष्णु न्यौपाने ३ र निसान्त सर्माले मास्टर्सको २ बिकेट झारेका थिए । खेलको म्यान अफद म्याच ज्ञानोदयका पदम खवास घोषीत भएको आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए ।
रुपन्देही क्रीकेट सघंको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तरग गत शुक्रवार समुह सिमा रहेका बुम एमसीसी भैरहवा र वेस्टन क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुने छ । यि दुवै क्लव जारी लिग बाट ए डिभीजनमा प्रबेस गरेका हुन् । भैरहवा स्थित शिद्धार्थ रगंसालामा जारी प्रतियोगीता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यानल दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।