पाकिस्तानसंग नेपालको दश विकेटको पराजय


नेपालको दोस्रो दृष्टिबिहिन २० ट्वान्टी बिश्व कप क्रिकेटमा नेपालले थप एक खेलमा कमजोर प्रदर्शन गरेकोे छ । शुक्रबार भएको आफ्नो चौथो खेलमा नेपाल प्रतियोगिताको दाबेदार टोली पाकिस्तानसँग १० विकेटले पराजित हुन पुगेको हो ।

जारी प्रतियोगितामा नेपालको यो तेस्रो पराजय हो । यस अघि अष्टे«लियासँग पनि नेपाल १० विकेटले नै पराजित हुन पुगेको थियो । बंगलादेशसँग ५९ रनले पराजित भएको नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।
यद्यपि नेपालले पाकिस्तानविरुद्ध अहिले सम्मकै उच्च योगफल बनाएको छ । दिल्ली बिकास प्राधिकरण (डिडिए) को मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा आठ विकेट गुमाउदै एक सय १८ रनको योगफल खडा गरेको थियो । नेपालले यस अघि सन् २०१२ मा भएको पहिलो पहिलो सस्करणमा पाकिस्तानविरुद्ध ९३ रन मात्रै बनाएको थियो । यस्तै गत बर्ष भएको एसिया कपमा ८४ रनमै समेटीएको थियो । फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्य पक्षमा भने गतिलो प्रदर्शन गर्न सकेन ।

पाकिस्तानले ७.५ ओभरमा बिना कुनै क्षति लक्ष्य भेट्टायो । पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यान रीयासत खानले २० बलमा ५६ रनको महत्वपुर्ण योगदान दिए । यस्तै माती उल्लाहले ३५ बलमा ५० रनको योगदान दिए । उनिहरुले नेपालका कप्तान किर्तन श्रेष्ठ दुवालको मात्र पाँच बलमा ३१ रन जोडे ।

नेपालका लागि भने सुनिल थापा मगरले ४० बलमा ४० रनकै योगदान दिए पनि जित सम्भव भएन । उनले आफ्नो पालीमा सात चौका प्रहार गरेका थिए । त्यस बाहेक सुरुवाती ब्याट्सम्यान रमेश बहादुर बानियाँले १५ रन तथा लोक बहादुर थापा र पदम बहादुर बडैलाले समान १० रन जोड्दा अन्य नेपाली ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । रमेश, लोकबहादुर र पदम तीनै खेलाडीले एकएक चौका प्रहार गरेका थिए ।

पराजयका बाबजुद पाकिस्तानविरुद्ध प्रदर्शन सुधारीएको दावि गरेको छ । प्रतियोगिताअन्तर्गत नेपालले शनिबार वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । वेस्ट इन्डिजविरुद्धको खेल मुम्बई स्थित एमआईजी मैदानमा हुने छ ।

Comment