हिसान कपमा गोल्डेनगेटको प्रभाव
हिसान कप चेस प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेजका खेलाडीले तीन शिर्ष स्थान पाएका छन् । सात चरणको खेलमा मिलन लामा ६.५ अंक सहित पहिलो भए भने ५.५ अंक भएका विवेक श्रेष्ठे डब्लुएफएम सुजना लोहनीलाई डाइरेक्ट इन्काउन्टरमा पछि पार्दै तेश्रो भए । हेराल्ड इन्टरनेसनलक ानकुल बुढाथोकी ५ अंक सहित चौथा र े गोल्डेनगेटकी डब्लुसिएम सुरुची थिङ्ग समान अंक सहित पाचौ भए । पाच अंक नै भएका जेभएरका राम कुमार स्याङ्गतान छैटौ, ह्वाइट हाउसका परिक्षित कुबँर सातौ, ट्रिनीटीका समिप प्रसाद कोइराला आठौ र हेराल्डका दिप कुमार तामाङ्ग नवौ भए । ४.५ अंक भएका गोल्डेनगेटका विकेस जयसवाल दसौ भए । टाइम्सकी अनिता लामा उत्कृष्ट र्गल्स भइन् । विजेतालाई प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका प्रथम उपाध्यक्ष विदुर गौतम ,हिसानका प्रमुख रमेस सिलवाल र गोल्डेनगेट चेस क्लबकी प्रमुख मोनालीसा खुम्बुले पुरस्कार प्रान गरे ।