सगरमाथा अन्तर्राष्ट्रिय कराते बिहीबारदेखि

Manoj Shiama
24 December, 2014 10:37 pm

नेपाल सितोरियो कराते संघको तत्वावधान, अखिल नेपाल खेलकुद संघको सहयोग तथा नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा सुरु हुँदैछ ।
आयोजक नक्साल डोजोको १६ औं वार्षिकोत्सवका अवसरमा हुन लागेको प्रतियोगितामा जम्मा २७ स्वर्णकालागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा नेपाल सहित ४ राष्ट्रका करिब १ हजार खेलाडीको सहभागिता रहने थापाले जानकारी गराए । प्रतियोगिताको पूर्व प्रधानमन्त्रीएवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।