गोजुरियो टोली ढाका प्रस्थान

Manoj Shiama
25 December, 2014 6:43 pm

karate teamg
दोश्रो दक्षिण एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।
डिसेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगिताको ५० केजीमा सन्देश लामा, ५५ केजीमा पवन शाहु, ७० केजीमा ज्यामबहादुर तामाङ, ४५ केजीमा फुर्पासी तामाङ, ५० केजीमा नरेश चन्द, ५५ केजीमा गंगेश्वरी शाही, ७५ केजीमा कुवेर खड्का, ८४ केजीमुनि जगन्नाथ चौधरी, ६५ केजीमा अमर थापा, ८४ केजीमाथि बहादुरसिं ओड, ६० केजीमा रोहित कुँवर तथा ६५ केजीमा सुरज कुस्मीले प्रतिस्पर्धा गर्नेछन् ।
टोली नेतामा नेपाल गोजुरियो कराते डो संघका अध्यक्ष सीपी घर्ती र महासचिव विआर मित्र, प्रशिक्षकमा आरसी सुवेदी, अफिसियलमा खुमबहादुर थापा तथा निर्णायकमा प्रकाशकुमार चन्द र पेम्बा तामाङ रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले बिदाइ गरे । दुई वर्षअघि प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा भएको बेला नेपाल टिम च्याम्पियन बनेको थियो ।