पहिलो दिन नेपाललाई आठ स्वर्ण

Manoj Shiama
25 December, 2014 10:05 pm

ishor thapa
नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ८ स्वर्ण जितेको छ । बंगलादेशले १ स्वर्ण हात पा¥यो । नक्सालस्थित स्टार भेन्यु पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष २३ केजीमा सुशान्त हुमागाईं, २५ केजीमा अनिल उपरकोटी, एकल कातामा राजकुमार तामाङ, ३० केजीमा देवराज श्रेष्ठ तथा २० केजीमा सुदीप बलामीले नेपाललाई स्वर्ण दिलाए ।
महिलाको २० केजीमा सपना तामाङ, २३ केजीमा एलिशा तामाङ तथा एकल कातामा मन्दिरा थापाले नेपालका लागि स्वर्ण हात पारे । महिलाको ४० केजीमा बंगलादेशकी प्रीया अख्तरले पहिलो स्थान हात पारिन् ।
प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
दुईदिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ४ सय ९७ खेलाडीले २७ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक प्रमुख एवं प्रतियोगिता संयोजक ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् ।