कुरोदय मार्सल आर्ट टोली कोलम्बोतर्फ

Manoj Shiama
7 March, 2017 10:42 pm


दोश्रो दक्षिण एसियाली कुरोदय तालिममा सहभागी हुन केआईएफ कुरोदय मार्सल आर्ट संघका ४ सदस्यीय टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ । मार्च ८ देखि ११ तारिखसम्म सञ्चालन हुन तालिममा संघका प्रमुख प्रशिक्षक धीरबहादुर विष्ट तथा सदस्यहरु राजु पौडेल, अच्युत रिजाल र रवि रिजालले भाग लिने छन् ।
नेपालसहित अफ्गानिस्तान, श्रीलंका र भारतको सहभागिता रहने तालिम नेडरल्यान्डका ग्रान्ड मास्टर ह्यान्सी केजीले सञ्चालन गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपालका सर्वाधिक सफल खेलाडी तेक्वान्दोका दीपक विष्ट, संघका उपाध्यक्ष भानबहादुर चन्द, महासचिव सुरेन्द्रसिंह विष्ट, संघका प्रमुख प्राविधिक निर्देशक विसन सिंह खड्कालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारै बिदाइ गरे ।