पारा ब्याडमिन्टन वर्कसप सम्पन्न

Manoj Shiama
7 March, 2017 10:51 pm


नेपाल ब्याडमिन्टन संघको आयोजना तथा बिश्व ब्याडमिन्टन महासंघको सहयोगमा आयोजित दक्षिण एशियाली पारा ब्याडमिन्टन वर्कसप मंगलबार सम्पन्न भएको छ । बिश्वमा नै ब्याडमिन्टन खेलमा पारा खेलाडीहरुलाई आकर्षित गर्दै मानसिक र शारिरीक तन्दुरुस्ती कायम गर्दै दक्ष पारा खेलाडी उत्पादन गर्ने उद्धेश्यले स्थापित बिश्व ब्याडमिन्टन संघको कार्यक्रम अन्तरगत सोही उद्धेश्य अनुरुप दक्षिण एशियामा पनि पारा खेलाडीहरुलाई ब्याडमिन्टन खेलप्रति आकर्षित गर्दै पारा खेलाडी उत्पादन गर्ने लक्षका साथ दक्ष पारा प्रशिक्षक निर्माण गर्न दक्षिण एशियामानै पहिलो पटक नेपालमा पारा ब्याडमिन्टन वर्कसप आयोजना गरिएको हो ।
वर्कसपमा दक्षिण एशियाली ७ राष्ट्रका पारा प्रशिक्षक र सटल टाईमबाट उत्पादित प्रशिक्षक गरि ३१ जनाको सहभागिता रहेको थियो । जसमा नेपालबाट पारा प्रशिक्षक, सटल टाईमबाट उत्पादित प्रशिक्षक तथा नेपाल ब्याडमिन्टन संघले एक जिल्ला एक प्रशिक्षक कार्यक्रम अन्तरगत उत्पादन गरेका प्रशिक्षक गरि १९ जनाको सहभागिता रहेको थियो ।
दुई दिने वर्कसपलाई बिश्व ब्याडमिन्टन महासंघकी पारा विशेषज्ञ सुश्री म्यारियम लोले प्रशिक्षण प्रदान गरेकी थिईन् । मंगलबार एक कार्यक्रमविच नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं ओलम्पिक महिला कमिसनकी अध्यक्ष ज्योती राणाले वर्कसपमा सहभागी पारा प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरेकी थिर्इंन् ।