किङ खानलाई हक्की उपाधि

Manoj Shiama
19 March, 2017 7:26 am


डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोश्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमका लागि कप्तान अली खानले ह्याट्रिक गरे भने अली राजाले २ गोल गरे । गत संस्करणमा किङ खान र आर्मीनै उपाधिका लागि भिडेका थिए । उपाधिसंगै किङ खानले ३० हजार र आर्मीले २० हजार नगद पुरस्कार हात पारे ।
नेपाल हक्की संघ र काठमाडौं हक्की क्लबद्वारा आयोजित प्रतियोगितामा महेन्द्रनगरको हेल्प क्लब तेश्रो भयो । हेल्प क्लबले महेन्द्रनगरकै युनाइटेड क्लबलाई ४–३ गोलले हरायो । विजेताका भानु अग्रवाल र मितेश सिंहले २–२ गोल गरे । हेल्प क्लबले १० हजार नगदमा चित्त बुझायो ।
विजेतालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजार, नेपाल हक्की संघका महासचिव अनिल शर्मा, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रञ्जन थापालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा किङ खान, हेल्प क्लब, युनाइटेड, आर्मीसहित द जनकपुर क्लब, पोखरा हक्की क्लब, वीरगन्ज हक्की क्लब र मकवानपुर हक्की क्लब गरी ८ टिम सहभागी थिए ।