खुला बास्केटबल शनिबारदेखि
विशाल मिलन केन्द्रको आयोजनामा चौथो विएमके खुला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलामा ३ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक प्रनिशजंग शाहले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुषमा नेपाल आर्मी क्लब, आयोजक विशाल मिलन केन्द्र, इनोभेटिभ बानेश्वर, साउथ साइडर्स र बंगालादेशको बंगलादेश नेभी टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलामा एनसीसीएस, प्राइम र ह्वाइट हाउस इन्टरनेसनल क्लबले भाग लिने छन् ।
पुरुषतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । महिलातर्फ नगद पुरस्कार राखिएको छैन ।
दोहोरो लिग प्रणालीमा हुने प्रतियोगिताका खेलहरु विशालनगरमा हुनेछ । हिमालय अन टप मुख्य प्रायोजक हो भने सह–प्रायोजकमा गोर्खा ब्रुअरी र एसियन डिस्टिलरी रहेका छन् । फाइनल चैत २९ गते हुनेछ ।