राष्ट्रिय कराते शनीबारदेखि

Manoj Shiama
31 March, 2017 11:00 pm

बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजन तथा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धको आयोजनामा गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि बौद्धस्थित महेन्द्र माविमा सुरु हुँदैछ ।प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, एपीएफ क्लब र आयोजकको एकसहित ९ टिमको सहभागिता रहने मूल आयोजक समितिका संयोजक देवकुमार लामाले जनाएका छन् । एक टिमबाट २२ का दरले जम्मा १ सय ९८ खेलाडीको सहभागिता रहने समितिका सह–संयोजक मजिन्द्र सिंहले बताए ।
जम्मा १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५०, ५५, ६०, ६७, ७५, ८४, ८४ माथि तौलसमूह तथा एकल काता र टिम काता गरी ९ स्पर्धामा खेल हुनेछ । महिलामा ४५, ५०, ५५, ६१, ६८, ६८ माथि वजन समूह तथा एकल र टिम कातासहित ८ स्पर्धा समावेश छन् ।
करिब २४ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न देवकुमार लामा र चन्दमान लामाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै विभिन्न ५ उपसमितिको व्यवस्थापनमा दोर्जे लामा र कृष्ण मोक्तान, प्रचार प्रसारमा गजेन्द्रबहादुर खपाङ्गी, निर्णायकमा राजेन्द्र कपाली, स्वयंसेवकमा सानुभाइ लामा र आर्थिकमा ज्ञानबहादुर मोक्तानलाई संयोजक तोकिएको छ । बौद्धनाथ क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।