च्याम्पियन्स क्लबका विजय अस्ट्रेलियन ओपनमा उपविजेता, नेपालको गर्व मार्सल आर्ट भएको थप पुष्टि

Manoj Shiama
10 April, 2017 9:00 am


नेपालका विजय लामाले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसीपमा रजत पदक जितेका छन् । ६० किलो तौल समुहको फाइनलमा अस्ट्रेलियका हसाना येगियासंग ५–० ले पराजित हुनु अघि उनले समिफाइनलमा पपुवा न्युगीनीका वाना निगेललाई ६–० ले हराउदै फाइनलमा प्रबेश गरेका थिए। च्याम्पियन्स क्लबका विजयले पहिलो खेलमा अस्ट्रेलियालका बास्कीन रिचार्डलाई ८–० ले हराएका थिए । विजयको सफलतासंगै नेपाली खेलकुदको साचो गर्व मार्सल आर्ट नै भएको थुप पुष्टि भएको छ । गत बर्ष जुडोकी फूपू लामुले एसियन च्याम्यिपयनसीप र तेक्वान्दोकी निमा गुरुङ्गले ओलम्पिक छनोटमा पदक पाए यता यो नै नेपाली खेलकुदको सबैभन्दा महत्वपूर्ण सफलताको रुपमा हेरिएको छ ।