राष्ट्रिय फुल कन्ट्याक्ट मंगलबारदेखि

Manoj Shiama
10 April, 2017 11:11 pm

नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) को आयोजनामा १९ औं पुरुष राष्ट्रिय खुला तथा १२ औं महिला राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु हुँदैछ ।
पुरुष खुला तौलसमूह र महिला ४० केजी तौलसमूह प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुष÷महिला कातामा पनि खेल हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् । पुरुषमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय, तेश्रोले १ हजार ५ सय र चौथोले ५ सय नगद पुरस्कार हात पार्नेछन् । कातामा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय र तेश्रोले १ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता बुधबारसम्म जारी रहनेछ ।