प्रकाशको विजयी सुरुआत

Manoj Shiama
15 April, 2017 8:31 pm

प्रकाश शेरचनले पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा शनिबार विजयी सुरुआत गरेका छन् । पावल प्लाजा स्नुकरद्वारा आयोजित प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रो हुने दुई खेलाडीले समान १५–१५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वाधिक बे्रककर्तालाई नगद १० हजारबाट पुरस्कृत गरिने छ । फाइनल बैशाख १२ गते हुनेछ ।