सोम र जिमी सफल

Manoj Shiama
18 April, 2017 11:27 pm

सोम लामा र जिमी लामाले पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन् । सोमले सहेश वज्राचार्य तथा जिमीले सुवास श्रेष्ठलाई समान ३–० को सोझो फ्रेममा पराजित गरे । बाँकी खेलमा सञ्जयकुमार मुल्मीले सन्जिव डंगोललाई ३–१, सुरेश डंगोलले नवीन थापा मगरलाई ३–१, माणिक शाहीले गोविन्द पन्तलाई ३–०, जय महर्जनले ओम चित्रकारलाई ३–०, अनुज दाहालले ओम कार्कीलाई ३–१, प्रकाश शेरचनले निमा नोर्बु शेर्पालाई ३–१, राजेश केसीले सन्जिव मगरलाई ३–०, सौरव शाहीले सञ्जय महर्जनलाई ३–० तथा राजु केसीले खेम गुरुङलाई ३–१ ले हराए ।