मोती र सोभितको जित

Manoj Shiama
19 April, 2017 11:53 pm

मोती तामाङ र सोभित पोखरेलले पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिपमा बुधबार सफलता पाएका छन् । मोतीले मणि तामाङ तथा सोभितले बाल महर्जनलाई समान ३–२ को फ्रेममा पराजित गरे । अन्य प्रतिस्पर्धामा अमन कार्कीले सुजेन शाहीलाई ३–०, प्रवीण शाक्यले रविन्द्र लामालाई ३–०, दीपजल ढुंगानाले छिरिङ शेर्पालाई ३–२, सञ्जय तामाङले सूर्य तामाङलाई ३–२, फुर्वा लामाले विनेश डंगोललाई ३–०, सन्देश श्रेष्ठले फुरी शेर्पालाई ३–२, वीरेन शाक्यले अशोक मगरलाई ३–१ तथा निरज थापा मगरले जगत लामालाई ३–१ ले हराए ।