कालीबहादुर कोरिया जाने
Manoj Shiama
20 April, 2017 9:45 pm
नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर दक्षिण कोरिया जाने भएका छन् । अप्रिल १७ देखि सुरु भइ २८ तारिखसम्म त्यहाँ सञ्चालन हुने विशेष हाप्किडो तालिममा सहभागी हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बिहीबार बिदाइ गरे ।