रत्न र दीपेश चीन जाँदै

Manoj Shiama
21 April, 2017 10:39 pm


चीनको वुहानमा हुने एसियाली ब्याडमिन्टन च्याम्पियनसिपमा दुई नेपाली पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा रत्नजित तामाङ र दीपेश धामी सहभागी हुन लागेका हुन् । त्यसका लागि उनीहरु अप्रिल २३ तारिख चीन जाँदैछन् । रत्नले सिंगल्स÷डबल्स तथा दीपेशले डबल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख २५ हजार अमेरिकी डलर रहेको बताइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य समेत रहेका नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुवास श्रेष्ठलगायतले उनीहरुलाई शुक्रबार सातदोबाटोमा बिदाइ गरे ।