नेपाली हाप्कीडो विकासमा सहयोग हुने बिश्वास

Manoj Shiama
23 April, 2017 7:20 am


दक्षिण कोरियामा रहेका नेपाल हाप्कीडो मार्सल आर्ट संघका अध्यक्ष काली बहादुर घर्तीले नेपाली हाप्कीडोको विकासमा विश्व हाप्कीडो र कोरियामा रहेका नेपालीबाट सहयोगको बिश्वास रहेको बताएका छन् । बिशेष प्रशिक्षणका लागि त्यहा रहेका घर्तीले बिश्व हाप्कीडो मार्सल आर्टका अध्यक्ष ली डेवानसंग नेपालको विकासको बारे प्रश्ताब राख्ने बताएका छन् ।
सोलमा घर्ती र ली डेवानलाई एनआरएन कोरियाका उपाधक्ष्य जुनू गुरुङ,जनप्रगतीशिल मन्च दक्षिण कोरियाका खगेन्द्र बुढा मगर, राप्ती समाज कोरियाका उपाधक्ष्य जगदिश महरा र खेल्कूद संघ दक्षिण कोरियाका सम्योजक गोपाल बोहरा लगायतले स्वागत गरेका थिए । कोरियामा रहेका यी नेपालीसंग हाप्कीडो विकासका बारे सल्लाह हुने पनि घर्तीले बताएका छन् ।