जापानमा नेपाली तेक्वान्दोको सफलता
जापानको ओसाकामा सम्पन्न १५ औ वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तरास्ट्रिय प्रतियोगितामा २५ केजीमा १०बर्ष का प्रजुन कुइकेलले स्वर्ण पदक जिते । उनले फाइनलमा कजाकिस्तानका खेलाडीलाई हराउदै स्वर्ण पदक जितेका हुन् । १० बर्ष कै २९ केजीका बिबेक श्रेष्ठले फाइनलमा मकाउका खेलाडीलाई हराउदै स्वर्ण पदक जिते । त्यसैगरी तिलक लामा ७४ केजी मुनिको फाईनलमा हङ्कङ का खेलाडीसँग पराजित भै दोश्रो पदक हात पार्न सफल भए । बिबेक श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक जिते । १०बर्षकी प्रगती कुइकेलले मलेसियाका खेलाडीलाई हराउदै सेमिफाइनल पुगे पनि सेमिफाइनलमा जापान सग पराजित हुँदै कास्य पदक मा सिमित भएकी छन् । बिबेकले जूनियर तर्फ उत्कृष्टखेलाडीको उपाधि हात पारे । टिमको प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । बिभिन्नविधामा गरी जम्मा ५००खेलाडी ले भाग लिएको प्रतियोगितामा स्थानिय सहयोग एनआरएन कान्साइका नि. वर्तमान अध्यक्ष तथा क्योउदाइ रेमिटान्स (आइ.एम.इ.) कान्साईका प्रमुखनरेन्द्र बस्नेत ले गरे । खेलाडीहरुको हौसला र सहयोगको लागि उल्लेख्य रुपमा कान्साई बासि नेपालीहरुको उपस्थिति भएका थिए । बिजयी खेलाडीहरु रटिमलाई सोमबार ओसाकामा एन.आर.एन कान्साइले रात्रिभोज तथा बधाई कार्यक्रम राखेको बस्नेतले जानकारी गराए ।