थाइल्यान्ड ओपनमा नेपालको सनसनीपूर्ण सफलता
थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । पहिलो दिन दुइ रजत र एक काश्य पदक जितेको नेपालले दोश्रो दिन तीन रजत र तीन काश्य पदक हात पारेको छ । ६१ केजी तौल समुहमा सपना लामा, ८४ केजीमा दिवस श्रेष्ठ र ८४ किलो भन्दा माथिको तौल समुहमा लेखनाथ मैनालीले रजत पदक जिते । ५५ किलोमा अनु अधीकारी,६८ केजीमा विभुषा थापा र ५५ किलोमा सोनाम लामाले काश्य पदक जिते ।