नेपाल ३६ वर्षपछि एसियाली स्क्वासमा
नेपालले ३६ वर्षपछि एसियाली स्क्वास च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । अप्रिल २६ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपको १९ औं संस्करणमा दुई पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
भारतको चेन्नइमा हुने प्रतियोगितामा अमृत थापा र अरहान्तकेशर सिंहले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । सातौं राष्ट्रिय खेलकुदको प्रशर्दनका आधारमा खेलाडी छनोट गरिएको नेपाल स्क्वास ¥याकेट्स संघका महासचिव सुरेश गुरुङले जनाएका छन् । सातौंमा अमृत पहिलो र अरहान्त दोश्रो भएका थिए । अफिसियलमा संघका प्रमुख सल्लाहकार कविर चित्रकार छन् । प्रतियोगितामा १७ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे । भारतीय स्क्वास ¥याकेट्स महासंघको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चेन्नइ प्रस्थान गर्दैछ ।
नेपालले १९८१ पछि पहिलोपल्ट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । पाकिस्तानको कराँचीमा त्यत्ति खेर भएको उक्त प्रतियोगितामा सन्जिव राजभण्डारी, अनिल सिंह र सत्य नारायणले प्रतिस्पर्धा गरेका थिए ।