नेपाल हाप्कीडो र दक्षिण कोरियाली अधीकारीको भेट

Manoj Shiama
28 April, 2017 7:19 pm


नेपाल मार्सल आर्ट हाप्कीडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर दक्षिण कोरियामा सम्मानीत भएका छन् । सियोल महानगरपालीकाका प्रमुख जुङ्ग हिउङ्ग जिनले संसद भवनमा मगरलाई सम्मान गरेका हुन् । शुक्रबार भएको उनीहरुको भेटघाटमा खेलकुदको बारे छलफल भएको थियो ।
भेटमा मगरले हाप्कीडो खेलको विकास र विस्तारका लागि भौतीक पूर्वाधार र एकेडेमी निर्माणका बारे छलफल भएको थियो । हिउङ्गले नेपालमा हाप्कीडो विकासमा प्रतिबद्धता जनाउदै सरकार र महानगर यसमा सकरात्मक भएको बताएका छन् ।
भेटमा कोरिया तथा बिश्व मार्सल आर्ट हाप्कीडो महासंघका अध्यक्ष लि डाइ हिउन,हाप्कीडो मास्टर लि डान हाउ, एनआरएन कोरियाका उपाध्यक्ष जुनु गुरुङ्ग,विपिन गुरुङ्ग र जनप्रगतीशील मञ्च तथा राप्ती समाज दक्षिण कोरियाका उपाध्यक्ष जगदीश महर पनि उपश्थित थिए ।