मलेसिया र सिंगापुरमा करातेको भब्य कार्यक्रम
मलेशियामा स्पेसल कराते ट्रेनिङ र सिङापुरमा सिङापुर सितोरियो कराते संघको नयाँ सेन्टर डोजो उद्घघाटन भएको छ । साथै एसिया प्यासिफिक सितोरियो कराते महासंघको काता सेमिनार पनि सम्मपन्न भएको छ । नेपालबाट त्यहाँ पुगेका मोरङका कराते प्रशिक्षक तथा मोरङ जिल्ला सितोरियो कराते संघका अध्यक्ष बिमल पोखरेल र मोरङकै कराते प्रशिक्षक इन्द्रजित राजभण्डारीका साथमा नेपाली प्रवासी सितोरियो कराते संघ,मलेशियाका अध्यक्ष योगेन्द्र कोइराला सहभागि थिए । साथै कराते पदकधारी कर्ण बहादुर राई पनि मलेसियाबाट दुवै स्थानमा सहभागिता जनाएका थिए ।
मलेसियाको क्वालालम्पुरमा ट्रेडिसनल सितोकाइ करातेको स्पेसल ट्रेनिङ,एसिया प्यासिफिकका अध्यक्ष सिहान जर्ज तानले दिएका थिए । कराते ट्रेनिङमा उनले काता तथा स्पेसल काताको बुङकाइको प्रशिक्षण दिए । सिङापुर सितोरियो करातेको नयाँ सेन्टर डोजो तथा एसिया प्यासिफिक सितोरियो करातेको नयाँ सेन्टर डोजोको उद्घघाटनमा प्रमुख अतिथि एसिया प्यासिफिक सितोरियो कराते महासंघका मानार्थ सल्लाहकार सिहान के कावताले गरेका थिए । साथै काता सेमिनार र काताको बुङकाइ,एसिया प्यासिफिक सितोरियो कराते महासंघका प्राबीधीक सिहान के साकामोताले गरेका थिए ।कार्यक्रममा एसिया प्यासिफीक सितेरियो महराते महासंघका अध्यक्ष सिहान तानले अर्को बर्ष ४० औ बर्ष गाठको उपलक्ष्यमा भब्य कार्यक्रम गरिने जनाए । कार्यक्रममा नेपाल, भारत,श्रीलंका, लाओस,इन्डोनेसिया, मलेसिया ,फीलीपीन्स,इरान,जापान, हङ्गकङ्ग र सिंगापुरका करातेकर्मी उपशिथत थिए ।
त्यस पछि भएको रात्रीभोजमा सिङ्गापुर सितेरियो कराते महासंघका प्रमुख प्रशिक्षक सिहान ओङ्ग टुवाङ्ग सेङ्गलाई एसिया प्यासिफिक सितोरियो कराते महासंघले जिबन करातेमा अर्पण गरेकोमा सम्मान गरियो । उनी आठौ ठान तथा उमेरमा ७५ बर्षका हुन् । नेपाली प्रबासी सितेरियो कराते संघले विदाइ तथा सम्मान कार्यक्रम गरेको थियो ।
एनआरएन मलेसियाका महासचिव ुसन्दर आले र कोइरालाले पाखरेल र राजभण्डारीलाई विदाइ गरे ।
सोही कार्यक्रममा लिजेन्ड अन्तराष्ट्रिय कराते च्याम्पियनसीपका पदकधारी तुलारामधामीलाई सम्मन गरियो । कार्यक्रममा नेपालबाट थाइल्यान्ड हुँदै मलेसिया पुगेका बिश्व साइकल यात्री युवराज मैनाली र भेष बहादुर कडेलुलाई पनि स्वागत तथा सम्मान गरियो ।