पाँचौ दक्षिण एशियाली ट्राईयाथलनको तयारी पुरा

Manoj Shiama
28 April, 2017 10:39 pm

पोखरामा आयोजना हुने पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को सम्पूर्ण तयारी पुरा भएको छ ।युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गर्ने कार्यक्रम रहेको च्याम्पियनसिपमा नेपाल लगायत भारत र बंगलादेशका गरि ६० खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । माछापुच्छ«को काखमा रहेको रमणीय पर्यटकिय स्थलमा पोखरामा हुने च्याम्पियनसिपमा अफगानिस्तानले पनि सहभागिता जनाउने भनिएता पनि भिसाको ढिलाईका कारण अफगानी खेलाडीहरु समयमानै नेपाल आउन नसकेको नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।
महासचिव श्रेष्ठले नेपालमा दक्षिण एशियाली च्याम्पियनसिपलाई निरन्तरता प्रदान गर्दै पाँचौं संस्करण सम्म आई पुगेको भन्दै यस च्याम्पियनसिप दक्षिण एशियाली ट्राईयाथलनमा निकैनै महत्वपूर्ण रहेको बताए । उनले १२ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल भारतीय खेलाडी दिलिप कुमार र पल्लभी रतिवालले समेत च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको बताए । साथमा नेपालकी साग पदक विजेता रोजा के.सी. तथा टिम ईभेन्ट्समा दोश्रो स्थान हात पार्न सफल नेपाली खेलाडीहरुको समेत सहभागिता रहेको छ ।